Rule 189
प्रमाणपत्र छानबिन समितिको गठन
(१) शिक्षकको शैक्षिक लगायत अन्य प्रमाणपत्र छानबिन गर्न आवश्यक देखेमा मन्त्रालयले जिल्लास्तरमा देहायका सदस्यहरु रहेको एक प्रमाणपत्र छानबिन समिति गठन गर्न सक्नेछः–
(क) प्रमुख जिल्ला अधिकारी – अध्यक्ष
(ख) जिल्ला न्यायाधिवक्ता – सदस्य
(ग) जिल्ला शिक्षा अधिकारी – सदस्य–सचिव
(२) प्रमाणपत्र छानबिन समितिले शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका अन्य प्रमाणपत्र छानबिन गर्दा कुनै कैफियत देखिएमा आफ्नो राय ठहर सहित प्रचलित कानून बमोजिम कारबाहीको लागि सम्बन्धित निकायमा पठाई त्यसको जानकारी मन्त्रालयमा पठाउनु पर्नेछ ।
(३) प्रमाणपत्र छानबिन समितिले जिल्लास्थित कुनै कार्यालयको कर्मचारीलाई सो कार्यालयको स्वीकृति लिई काममा लगाउन सक्नेछ ।
(४) प्रमाणपत्र छानबिन समितिको सचिवालयको काम जिल्ला शिक्षा कार्यालयले गर्नेछ ।
(५) प्रमाणपत्र छानबिन समितिले प्रमाणपत्र छानबिन तथा बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(६) प्रमाणपत्र छानबिन समितिका सदस्यहरुले बैठकमा भाग लिए वापत मन्त्रालयले तोके बमोजिमको भत्ता पाउने छन् ।